इतिहास परिवर्तनका कुरामा एमाले-कांग्रेस अगाडि : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक र इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले एमाले र काँग्रेसले लोकतन्त्र मर्न नदिने समेत बताए ।

‘कांग्रेस एमालेले देशलाई असाधारण योगदान गरेको छ,’ उनले भने, ‘यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् ।’

लोकतन्त्र देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया