छवि र रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइयो
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रा.स्व.पा. सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने सँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ ।
बुधबार सम्म लामिछाने सँगको बयान सकिएको छैन । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा परेको छ ।
कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान लिपिबद्ध भइसकेको छैन । पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौं बाट पक्राउ गरेको हो ।
प्रतिक्रिया