पारिवारिक ग्याङ बनाएर नगरपालिकामा ब्रम्हलुट, मेयर उपमेयरका छोरा कर्मचारी नियुक्त

काठमाडौं । विवादै विवादको घेरामा रुमलिएको स्थानिय तहको खोजि भयो भने अछामको पञ्चदेवल विनायक नगरपालिका पहिलो स्थानमा आउँछ होला । जनताको सेवामा तल्लीन हुनुपर्ने जनप्रतिनिधि र कर्मचारी सरकारी तलबभत्ता पचाउँन बाहेक जनताको कामको लागि कार्यालयमा उपस्थित भएको पाइँदैन । 

नगरपालिकामा कार्यररत २ जना कर्मचारी हेमन्त रावल र दीपेन्द्र धामी नेपाल सरकारका वहालवाला सुब्बा र खरिदार पदमा आबद्ध छन् । तर, ढड्डामा जे भनिएता पनि यिनीहरुको काम भनेको पञ्चदेवल बिनायक नगरपालिकाकी मेयर अम्बिका चलाउँनेको अघिपछि हिड्ने बाहेक अरु सिन्को भाचेको देखिदैन् । दाइजोमा पाएको सम्पति जसरी राज्यको सम्पतिमा ब्रम्हलुट मच्चाउँने मेयर उपमेयर र उनका आफन्तलाई जनताले विरोध गर्दै आएका छन् ।

जनताको सेवा गर्छु भनेर कसम खाएकी नगरप्रमुख पनि आफ्नो चम्चागिरी गर्ने कर्मचारीलाई पोस्ने काम गर्दैछिन् । सायद मेयरको बलियो साथ नपाएको भए कर्मचारी जनताको सेवामा तल्लिन हुने थिए । तर, जनतालाई जस्तो भएपनि यिनलाई मतलब छैन् । आफ्नो अघिपछि हिड्नेलाई माथिल्लो ओहोदामा पुर्याउँने र आफु लावालस्कर लिएर हिडेपछि मानसम्मान बढ्ने भ्रममा छिन् ।

मेयर र उपमेयरले २ जना कर्मचारीलाई काखी च्याप्दा जनताले सास्ती भोग्नु परेको छ । मेयरको साथले हौसिएका २ जना कर्मचारी जनताको काम छाडेर मेयरको चम्चागिरी गर्नमा व्यस्त छन् । मेयर र उपमेयरको चम्चागिरी गर्दा सहजै बढुवा र कामै नगरी सरकारी जागिर पचाउँन सकिने भएपछि कसलाई काम गर्ने जाँगंर चल्छ र ?

धामी र रावलको नगरपालिकामा मनोपरी यतिसम्म छ कि ? ससुराली गएको शैलीमा कार्यालय जान्छन् । कार्यालय गएपनि काम गदैैनन् । नगरपालिकामा मेयर अम्बिका चलाउनेको नाम भजाएर शासन चलाउँछन् । दादागिरी शैलीमा सरकारी जागिर पचाउँने पात्रको खोजी भयो भने दिपेन्द्र धामी र हेमन्त रावलको नामावली पहिलो स्थानमा आउनेमा दुई मत छैन् ।

मेयर अम्बिका चलाउने र उपमेयर हर्क बहादुर रावलले आफ्नो ज्यानको खतरा भए राज्यसँग सुरक्षा माग्नुपर्ने हो । तर, सरकारका वहालवाला कर्मचारीलाई बाउँन्सर बनाउँने होइन । यदि बाउँन्सर लिएर हिड्ने रहर नै भए आफ्नै खर्चले जति जना राख्न पनि छुट छ । तर, सरकारका कर्मचारीलाई आफ्नो बाउँन्सर बनाउँने छुट राजा हुन कि रैती कसैलाई पनि छैन्, हुँदैन् पनि।

सरकारको कर्मचारी निर्देशिका अनुसार कर्मचारीले विद्युतीय हाजिरी लगाउँनुपर्छ । तर, यँहाका कर्मचारी न हाजिरी लगाउँछन् । न कार्यालयमा काम नै गर्छन् । महिनैपिच्छे सरकारी तलब भने खान्छन् । यो भन्दा लाजमर्दा विषय अरु के हुन सक्छ ? नगरपालिका भित्र भइरहेको यो फोहोरी खेल देखेर लाज पनि लजाउँदो हो ।

सरकारी सम्पत्तिमा मनोमानी गर्ने दिपेन्द्र धामी पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउँने नाताले ठुली आमा पर्छिन् । यस्तै, सरकारी सम्पत्ति हत्याउन बानि परेका हेमन्त रावल उपमेयर हर्क बहादुर रावल आफ्नै बुवा पर्छन् । पारिवारिक ग्याङ बनाएर राज्यको सम्पत्ति लुट्ने काम अहिले विनायकमा निरन्तर चलिरहेको छ । मनोमानी रुपमा कर्मचारी नियुक्त गराउँन बानी परेका पात्रले छोरा छोरीलाई कर्मचारी बनाउन खासै ठुलो विषय भएन् ।

केही समय अघि आफ्नो नजिकका मान्छेलाई प्रशासकीय अधिकृतमा नियुक्त गराउन मेयर अम्बिका चलाउँने महिनौं काठमाडौंमा बसिन् । तर त्यो मिसनमा भने उनि सफल भइनन् । आफ्नो मिसनमा सफल नभएपछि उनि गाउँ फर्किइन् ।

मेयर मात्र होइन । उपमेयर हर्क बहादुर रावल पनि आफन्त पोस्न माहिर छन् । आफ्नै छोरालाई नगरपालिकाको कार्यालयमा नियुक्त गराएर बबण्डर मच्चाइरहेका छन् । उनि त जनतालाई बोका किन्न आएको अनुदानको पैसाले बोका किनेर बोका नै गायब पारेका पात्र हुन् । जो गाउँको स्तरउन्नतीमा भन्दा धेरै आफ्नो उन्नतिमा लाग्ने गरेका छन् ।
 
नगरपालिकाभित्र यस्तै विवाद बढ्दै गएका बेला प्रमूख प्रशासकीय अधिकृत पदम बहादुर माझीले मन्त्रालयलाई पठाएको पत्रमा दिपेन्द्र बहादुर धामी र हेमन्त रावल विद्युतीय हाजिरी अनुसार उपस्थित नभएको व्यवहोरा उल्लेख गरिएको छ ।

यो विषय यतिमा मात्र सिमित छैन् । करार सेवामा नियुक्त भएका सहायक सरह कर्मचारी दिपेन्द्र धामी र हेमन्त रावलले बिना हाजिरी बिना काम सरकारको तलबभत्ता भने आरामले पचाइरहेका छन् ।

अबपनि पञ्चदेवल विनायकका मेयर उपमेयर र तीनका आसेपासे कर्मचारीलाई समयमै कानुनी डण्डा चलाइएन भने सरकारी सम्पत्ती माथि भइरहेको ब्रम्हलुट मौलाउँदै जानेछ ।
 

प्रतिक्रिया