‘कोप समिट’मा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजान जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली राष्ट्र अजरबैजान भ्रमण जाने भएका छन् ।

पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन् ।

जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ ।  

राष्ट्रपतिको पहिलो विदेश भ्रमणपनि युरोपमै भएको थियो । गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए । 

यसमध्ये जर्मनीको भ्रमण द्वीपक्षीय थियो भने स्वीट्जरल्याण्डको भ्रमण जेनेभामा ३१ जेठमा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ सम्मेलनका लागि थियो ।
 

प्रतिक्रिया