सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई रुपन्देही पठाउँदा रवि लामिछाने कास्कीमै

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी तथा गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई रुपन्देही पठाइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगीबारे पनि अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिएका छन् ।

रुपन्देही प्रहरीको आग्रहमा जोशीलाई रुपन्देही पठाइएको प्रवक्ता शर्माले बताए ।

गोर्खा मिडियाका सञ्चालक जोशीलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।

गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछाने त्यतिबेलाका साझेदार हुन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परिसकेका छन् भने जीबी राई फरार छन् ।

प्रतिक्रिया