अस्ट्रेलियाली सिनेटरले बेलायती राजालाई मेरो राजा होइन भनेपछि...

एजेन्सी । अष्ट्रलियाको भ्रमणमा रहेका बेलायती राजा चार्ल्सले अस्ट्रेलियाको संसद भवनमा सम्बोधन पूरा गरे लगत्तै एक स्वतन्त्र सिनेटरले ’तपाईं मेरो राजा होइन’ भनेर चिच्याइन् ।

सिनेटर लिडिया थोर्पेले राजधानी क्यानबेरामा आयोजित समारोहमा राजा चार्ल्सलाई एक मिनेट चिच्याएर अवरोध पु¥याएकी थिइन् ।थोर्पेले भनिन् “यो तिम्रो भूमि होइन, तिमी मेरो राजा होइनौ।“ तर यस घटनाबारे त्यहाँ कुनै उल्लेख नगरिकन समारोह सम्पन्न भयो । त्यसपछि राजा चाल्र्स र महारानी क्यामिला संसद भवनबाहिर निस्केर उनीहरूलाई अभिवादन गर्न पर्खिरहेका मानिसहरूलाई भेट्न अघि बढे।

क्यानबेराको चर्को घाममा अस्ट्रेलियाको सानो झण्डा फहराइरहेका मानिसहरू संसद भवनबाहिर बिहानैदेखि लामबद्ध थिए। शाही दम्पतलिाई उनीहरुले भव्य स्वागत गरे । संसद भवन अगाडिको प्रांगणमा केही संख्यामा असहमति जनाउनेहरु पनि भेला भएका थिए ।राजा चार्ल्स र महारानी क्यामिलालाई राजनीतिज्ञ, स्कुले बालबालिका र आदिवासी जनजातिका प्रतिनिधि लगायतले स्वागत गरेका थिए । 

भिक्टोरियाकी स्वतन्त्र सिनेटर तथा आदिवासी अस्ट्रेलियाली महिला थोर्पेले लामो समयदेखि अस्ट्रेलियाको सरकार र त्यहाँका पहिलो बासिन्दाबीच सन्धि हुनुपर्ने पक्षमा वकालत गर्दै आएकी छिन् । तर थोर्पेको चिच्याहटमा कसैले वास्ता गरेनन् । थोर्पेले अष्ट्रेलिया बेलायतको उपनिबेश हुँदा  अष्ट्रेलियाली आदिबासी  मानिसहरूको  नरसंहार गरेको भन्दै चिच्याइरहेको आवाज धेरैले वेवास्ता गरे । उनले बेलायती राजालाई दाहोर्याएर   “यो तिम्रो भूमि होइन, तिमी मेरो राजा होइनौ।“ भनिरहँदा अष्ट्रेलियाका जनता बेलायती राजा र महारानीको स्वागतमा ब्यस्त थिए । 
 

प्रतिक्रिया