गौशाला धर्मशाला विवादबारे उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । 

कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।

असोज २ मा  न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै मारवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

धर्मशालाबाट आफूहरूलाई जुनसुकै समयमा हटाउन सक्ने र उक्त धर्मशालामा मिर्गौलाको उपचार देखि अन्य कार्य चलिरहेको दाबी रिटमा गरिएको छ ।
 

प्रतिक्रिया