सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ। यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको हो। अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो।

प्रतिक्रिया