निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन १६ दिन बाँकी हुँदा ह्वाइट हाउसका प्रतिद्वन्द्वी बनेका डोनाल्ड ट्रम्प र कमला ह्यारिसले एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै लगेका छन्। उनीहरु अहिले बिभिन्न राज्यको भ्रमणमा छन् । 

ट्रम्पले पेन्सिलभेनियाको म्याक डोनल्ड्स रेष्टुरेन्टमा एकछिन काम गरे उनले त्यहाँ आफूसँग फ्राइ खाना बनाउने खुबी रहेको भन्दै  उनले फास्ट फुड चेनमा दशकौंअघि काम गरेको बारे ह्यारिसको जीवनी विवरणमा शङ्का व्यक्त गर्न खोजे । 

अमेरिकी उपराष्ट्रपति समेत रहेकी ह्यारिस ट्रम्प पेन्सिलभेनियाको रेष्टुरेन्टमा खानेकुरा फ्राइ(भुटदै) गर्दा  जर्जियामा थिइन्, जहाँ उनले ट्रम्प “थकित, अस्थिर र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुन अयोग्य“ भएको ट्वीट गरेकी थिइन्।

सर्वेक्षणहरूले देखाए अनुसार ट्रम्प र ह्यारिसबीच देशभरि कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुबै जना चुनावी रणभूमीमा होकिएको बेला को अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा छिर्ला भन्ने निर्णय अब अर्काे महिना नोभेम्बर ५ मा हुन गइरहेको निर्वाचनले टुंगो लगाउनेछ ।   

डेमोक्र्याटिक पार्टीबाट ह्यारिस र रिपब्लिकन पार्टीबाट ट्रम्प उम्मेदवार बनेका हुन् । 

प्रतिक्रिया