इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

एजेन्सी । इजरायलले राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण गरेको छ ।  

बीबीसीका अनुसार तयसमा  हिजबुल्लाहलाई समर्थन गरिरहेको एक बैंकको शाखामा पनि इजरायलले आक्रमण गरेको छ । दक्षिणी बेरुतको दाहियाह जिल्ला, हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्र, बेका उपत्यका र दक्षिणी लेबनानमा इजरायलले हिजबुललाहलाइ लक्षित गरेर हवाई आक्रमण गरेको जनाइएको छ । त्यसमा कोही हताहत भए÷नभएको यकिन हुन सकेको छैन ।

इजरायली सेनाले लेबनानको राजधानी बेरुतका १४ सहित २० भन्दा बढी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई रातभरि आक्रमण गर्ने योजना बनाएको र त्यहाँबाट सुरक्षित स्थानमा जान भनेको थियो । 

इजरायली रक्षा बल (आईडीएफ) ले पनि हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य वित्तीय पूर्वाधारलाई निशाना बनाउने बताएको छ ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुललाहलाई लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको हो ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ ।
 

प्रतिक्रिया