टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाको आफ्नै घरमा भएको दुर्घटनामा टाउकोमा चोट लागेपछि आफ्नो रुस भ्रमण रद्द गरेका छन् ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका प्रमुख विकासोन्मुख राष्ट्रको समूह ब्रिक्स शिखर सम्मेलनमा भाग लिन उनी रुस जाने कार्यक्रम थियो ।

राजधानी ब्रासिलियाको एक उच्च अस्पतालले राष्ट्रपतिलाई लामो दूरीको हवाइ यात्रा नगर्न   सल्लाह दिएको जनाइएको छ। अब उनी भिडियो लिंकमार्फत बैठकमा सहभागी हुनेछन् ।

ब्रासिलियाको सिरियो–लिबानेस अस्पतालले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई लामो दूरीको यात्रा नगर्न सल्लाह दिइएको तर अन्य गतिविधिलाई सामान्य अवस्थामा नै निरन्तरता दिन सल्लाह दिएको जनाएको छ ।

लुलाको टाउकोको पछाडिको भागमा चोट लागेको र चिकित्सकहरुले उनको निगरानी गरिरहेको बताइएको छ ।राष्ट्रपतिको कार्यालयले ब्रासिलियाबाट भर्चुअल माध्यमबाट शिखर सम्मेलनमा भाग लिने र अन्य कामलाई निरन्तरता दिने जनाएको छ ।उनको कार्यालयले उनको चोटको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार राष्ट्रपतिलाई टाउकोमा पाँचवटा टाँका लगायएको छ । उनलाई अस्पतालले भने डिस्चार्ज गरेर घर पठाएको छ । 
 

प्रतिक्रिया

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने

उड्ययन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय समिति गठन

उड्ययन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय समिति गठन