पकरी–भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा

सप्तरी ।  यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।

उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल यात्रु र सवारी चालकहरुलाई यात्रा गर्न कठिन भएको हो ।हनुमाननगर कंकालनी नगरपालिका–४स्थित अर्जीदेखि गंगापुर सम्मको सडक गत बर्षको बाढीले कटान गरेपछि भासिएको थियो । भासिएको सडक मर्मत नहुँदा आवतजावत गर्न कठिनाई भएको स्थानीयबासीले बताए ।

अटो चालक महेन्द्र मण्डलले यो सडकखण्ड जोखिमपूर्ण भएको बताए । उनले भने, “यस बाटोमा ठुला साना खाल्डो रहेकोले कुनै पनि बेला अटो पल्टिन सक्छ ।”बाटो मर्मत नहुँदा दैनिक भारदह बजार जाने पैदल यात्री र सवारी साधन खाल्डाखुल्डी छिचोल्दै हिँड्नुपर्ने बाध्यता रहेको हनुमानगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले गुनासो गरे ।

प्रतिक्रिया