बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन पुन: सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस भएको  बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भएको छ ।पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको  नेतृत्वमा प्राविधिकको टीम फिल्डमै खटिएर काम गरेको थियो । बाढीपहिरोले भत्केबिग्रिएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्वाध चल्ने गरी सडक मर्मत गरेको पूर्वाधार मन्त्रालयले जनाएको छ ।

बीपी राजमार्गको नेपालथोक खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । यातायात सञ्चालनमा ल्याउने तयारी भएपछि दशैँमा आउजाउ गर्ने यात्रुलाई सहजतासँगै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुने भौतिक पूर्वाधार मन्त्रालय जनाएको छ । 

प्रतिक्रिया