नेप्से दोहोरो अंकले बृद्धि, सात अर्ब बढीको कारोवार

काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को विन्दुमा पुगेको छ ।गत कारोबार दिन अर्थात् आइतबार छ अर्ब १३ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब नौ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९६ करोड रूपैयाँ वृद्धि भएको हो।

सोमबार ३०५ कम्पनीका ७३ हजार १ सय १९ पटकको कारोबारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको घटेको छ भने २ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र होटेल, पर्यटन घट्दा बाँकी ११ वटा बढेको छ । सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया