पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं । भुटानी राजपरिवारको निमन्त्रणामा चार दिने भुटान भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।

बिहीबार पारिवारिक सदस्यहरू सहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।

पूर्व राजा शाह सँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मा सहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए । 

भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका राजा  जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।


 

प्रतिक्रिया