अविरल वर्षासँगै राप्ती नदीमा पानीको बहाब बढ्यो

काठमाडौं । राप्ती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

राप्ती नदीको माथिल्लो तटिय क्षेत्रमा भएको भारी वर्षाका कारण नदीको बहाब एक्कासी बढेपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

राप्ती नदीको बहाब एक्कासी बढेर ५ दशमलब ४५ मिटर माथि पुगेकाले राप्तीसोनारी र डुडुवा गाउँपालिका अन्तरगत नदी आसपासका वासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।

प्रशासनले तटिय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ ।

राप्ती नदीमा पानीले खतरा तह पार गरेपछि राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना,फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रतिक्रिया