ठूला र मालवाहक सवारी राजधानी प्रवेशमा आज देखि रोक

काठमाडौं । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न शनिबार देखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाइएको छ । 

औषधि र तरकारी लगायत दूध बोकेका बाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गते सम्म बन्द रहने छ । दशैं सुरु भएकाले काठमाडौं बाट बाहिरिने यात्रुको अत्याधिक चाप देखिएको छ । सवारी जामका कारण यात्रुले सास्ती खेप्नु नपरोस् भनेर ठूला सवारी राजधानी प्रवेशमा रोक लगाइएको हो । 

गत वर्षको दशैंमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ । 

बी.पी. राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिए पछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ प्रयोग गर्ने गरेका छन् । 
 

प्रतिक्रिया