दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । 

बर्दघाट नगरपालिका–४ दाउन्ने स्थित खोर्सानी खोलामा सड्क भासिए पछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मत पछि शनिबार विहान साढे ९ बजे देखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

उनले सडक मर्मत गरी शनिबार नै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएका छन् । तर, सडक भासिने क्रम नरोकिएकाले तत्काल दुई तर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए । 
रासस 

प्रतिक्रिया