एनसिसीएस समूह द्वारा प्रधानमन्त्री उद्धार कोषमा ५ लाख

काठमाडौं । नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढी पहिरो र डुबान प्रभावितको सहयोगार्थ  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ६ हजार ५ सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फ बाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताए । साथै उनले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको स्मरण गरे । 

मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उनले बताए । 
रासस 

प्रतिक्रिया