ब्लड डोनर्स एशोसिएसनको संरक्षकमा एभिन्यूजका कार्यकारी अध्यक्षलाई निरन्तरता

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले संरक्षणकमा बरिष्ठ सञ्चार उद्यमी एवम् एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई निरन्तरता दिएको छ ।

रगतको अभावमा कुनै पनि विरामीको अकालमा मृत्यु नहोस भन्ने उद्देश्य पूर्तिका लागि राजकर्णिकारले पुर्‍याएको योगदानको कदर गर्दै ब्लोदानले राजकर्णिकारलाई संरक्षकमा निरन्तरता दिएको हो ।

संरक्षकको जिम्मेवारी ग्रहण गर्दै राजकर्णिकारले ब्लोदानको हित र उन्नतीका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । राजकर्णिकार बि सं २०६८ चैत्रदेखि एशोसिएसनको संरक्षकको रुपमा रहदैँ आएका छन् । 

प्रतिक्रिया