सिन्धुलीमा खेतीयोग्य जमिन बगर,बी.पी.राजमार्ग खुलाउने प्रयास गरिँदै(तस्बिरहरु)

सिन्धुली । असोज १२ गतेको अविरण वर्षापछि आएको बाढी पहिरोले सिन्धुलीमा ठूलो धनजनको क्षति भएको छ । 
बाढीका कारण सुनकोशी नदीले  गोलन्जोर गाउँपालिकाको खुर्काेट स्थित तल्लो बसपार्क र बजारका घरहरु बगाएको छ । यहाँ सिन्धुली र रामेछाप जोड्ने सुनकोशीमा बनेको पुल समेत बगाएको छ । जसले गर्दा सिन्धुलीबाट रामेछाप जाने आउने सवारी साधन चल्न सकेका छैनन् । पुल तत्काल बन्ने संभावना पनि देखिएको छैन । गोलन्जोरको बिभिन्न ठाउँमा पहिरो पनि गएको छ । 

यसैगरी सुनकोशी गाउँपालिका भित्र रहेका खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । रोशी खोला र सुनकोशी नदी खेतमा पस्दा धान खेत खण्डहरमा परिणत भएको छ । बी.पी. राजमार्गको ठाउँ –ठाउँमा पहिरो गएका कारण बिगत ६ दिनदेखि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुलाउन सांसद राजन दाहाल,सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा लगायत स्थानीयहरु लागि परेका छन् । सडक अवरुद्ध हुँदा काठमाडौं आउने र पूर्व जाने यात्रुहरु समस्यामा परेका छन् ।

 

 

 

 

प्रतिक्रिया