सिरहामा दशैंको मौका छोपेर म्याद गुज्रिएको समान बिक्रीवितरण

शिव दयाल यादब
सिरहा । सिरहामा दशैंको मौका छोपेर बिक्रीवितरण गर्न राखिएको म्याद गुज्रिएको समान फेला परेको छ । 

लाहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा  खाद्य तथा गुण नियन्त्रण कार्यालयले  गरेको बजार अनुगमनका क्रममा कृष्णा सप्लायर्समा लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको हो । त्यसैगरी ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । त्यस्तै,अनुगमन टोलिले मखन भोग होटलमा समोसामा किरा फेला पारेपछि २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियर सहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छ भने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ । 

प्रतिक्रिया