बागमतीमा सडक पूर्वाधारमा बाढीपहिरोले करिब  दुई अर्बको क्षति

काठमाडौं । हालैको अविरल वर्षा र बाढी पहिरो लगायतका विपदबाट बागमती प्रदेशभरि सडक पूर्वाधारमा मात्रै करिब  दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोका कारण ठाउँठाउँमा सडक र पुल भत्किएकाले सो रकम बराबरको क्षति भएको अनुमान गरिएको छ । विपद्बाट अवरुद्ध भएको सडक पुनः सञ्चालन गराउन निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा शीघ्र उद्दार टोली (क्यूआरटी) गठन गरेर पनि काम गरिरहेको जनाएको छ ।

क्यूआरटी टोलीले हेटौँडा हुँदै भैंसेमा खसेको दुई वटा पहिरो पन्छाएर भीमफेदीसम्म पुगेको संयोजक पोखरेलले जानकारी दिए । ‘‘विभिन्न जिल्लामा कही सडक र पुल भत्किएका छन्, कही कही बाढीले पुल बगाएको छ”, पोखरेलले भने ‘‘त्यसैले अहिलेसम्म दुई अर्ब जतिको क्षति भएको अनुमान गरेका छौंँ ।” क्षतिको पूर्ण विवरण आइनसकेकाले यो रकम अझ बढ्न सक्ने उनको भनाइ छ । क्षतिको पूर्ण विवरण तयार भएपछि सडक र पुललगायतका संरचनाहरुको पुनःनिर्माणका लागि योजना बनाएर अघि बढ्ने उनले बताए । 
 

प्रतिक्रिया