प्राकृतिक विपद्का बेला महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

काठमाडौं । प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । 

अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सिर्जना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएका हुन् । उनीहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए । सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पानीजन्य रोगहरू ( झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (जस्तै डेङ्गु, मलेरिया आदि)को सङ्क्रमण बढ्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने डा.पुनको  भनाइ छ । “स्क्रब टाइफसको  समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उनले भने
 

प्रतिक्रिया