सरकार सहकारी मुद्दा र रविमाथि केन्द्रित हुँदा विपद् व्यवस्थापनमा चुक्यो: रा.स्व.पा

दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाएको टिप्पणी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिंगै राज्य संयन्त्र सहकारीको मुद्दा र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको विपद् व्यवस्थापनमा चुकेको निस्कर्ष निकालेको छ। पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको बताए। यसैले विपदमा आवश्यक परेको बेला सरकार चुकेको उनले बताए। 

रास्वपाले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी पनि गरेको छ। बैठकको छलफलबारे जानकारी दिदै कार्यबाहक प्रवक्ता झाले जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको बताए।

‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’
सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया