काठमाडौ । यही भदौ २३ गते जेएनजीको अगुवाइमा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तत्थ्यांक अनुसार हिंसात्मक प्रदर्शनमा परी देशभर ३० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र १ हजार ६१ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा २ जना, शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको मृत्यु भएको हो । यस्तै ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७ सय १९ जना उपचार पश्चात् घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।।