बल्खु तरकारी बजार लगायत क्षेत्रका घरमा बाढी पस्यो

काठमाडौं। लगातारको वर्षाले काठमाडौंका नदी किनारा आसपासका  बस्तीमा बाढी पसेको छ । दिनभरि परेको पानीले बागमती नदीछेउका बस्तीहरूमा भेल पसेको हो। बागमती नदी किनाराका बल्खु  तरकारी बजार लगायत क्षेत्रका घरमा बाढी पसेको छ।  
कलंकीमा पनि खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन्। 
देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ। 

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ ।
ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ । लगातारको वर्षाले देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको  छ ।

प्रतिक्रिया