कांग्रेसको शिक्षा विभागमा १० जना सदस्यहरु मनोनित

काठमाडौँ । नेपाली कांग्रेसले शिक्षा विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव डा।प्रदीप पराजुलीले जानकारी दिए । केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको विभागमा सभापति देउवाले पार्टी विधान, २०१७ ९संशोधनसहित० को धारा २५ ९९० बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् । 

 
कांग्रेसको शिक्षा विभागमा मनोनयनमा परेका सदस्यहरूमा सिन्धुलीका प्रा।डा। कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य,  महोत्तरीका पुजा पासवान,  धादिङका हरिसिंह केसी, काठमाडौँका त्रिविक्रम पाण्डे रहेका छन् । 

त्यसैगरि काठमाडौँका राजन श्रेष्ठ,  गोरखाका किरण भट्ट,  दाङका लालमणि भण्डारी,  दैलेखका खेमराज केसी र  कैलालीका  तारामान रावल रहेका छन् । 

 

प्रतिक्रिया