उच्च अदालतका १४ न्यायाधीशको सरुवा

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ । त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।
 
नियुक्ति हुनेमा उच्च अदालत पाटनका मुख्य रजिस्ट्रार नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् । परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् । 

प्रतिक्रिया