बागमती र विष्णुमतीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीले सतर्कता तह पार गरेको छ । गोङ्गबु बसपार्क जलमापन केन्द्रकाअनुसार खोकना, गौरीघाट, बल्खुलगायत क्षेत्रमा नदीले सतर्कता तह पार गरेको हो ।लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

नदीको बहाव बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्नेलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ । लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा समेत पर्न थालेका छन् ।

प्रतिक्रिया