जोशीलाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन थुनामा राख्न जिल्ला  अदालतले अनुमति दिएको छ ।

 जिल्ला अदालतले जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप गरेको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई गत आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सोमबार उनलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि ७ दिन म्याद थप गरिएको एसपी थापाले बताए ।

प्रतिक्रिया