ल्याण्डफिल्ड क्षेत्रका स्थानिय र मन्त्रालयबीचको वार्ता निस्कर्षबिहीन
काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष सकिएको हो । बैठकमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले जानकारी दिए ।
काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग आईतवार छलफल गर्ने तयारी रहेकाले सो बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने छलफलमा सहभागी स्थानीय जनप्रतिनिधिले बताएका छन ।
छलफलमा तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको छ । वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा.भोजराज पन्तको अध्यक्षतामा बिहीवारदेखि फिल्डमा जाने सहमतिपनि भएको छ । अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने स्थानीयको अडान कायमै रहेको छ । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङ लगायत सहभागी थिए ।
प्रतिक्रिया