सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई  सिफारिस गरेको छ ।

 

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो ।

परिषद् बैठकले न्याय परिषद् (पहिलो संशोधन) नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया