अमेरिकामा हेलेन नामको आँधीले जनजीवन प्रभावित, १ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडामा हेलेन नामको आँधीले जनजीवन प्रभावित भएको छ । 

आँधी अहिले उत्तरी फ्लोरिडा तर्फ अघि बढेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । आँधीको सुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएको छ ।

मेक्सिको खाडीबाट आउने आँधी अत्यन्त शक्तिशाली ठानिएको छ । यसले फ्लोरिडा, वाशिङ्टन डीसी र इन्डियानामा समेत प्रभाव पार्न सक्ने अनुमान रहेको छ । फ्लोरिडामा यो जमिन बाट २० फिट माथिसम्म उठ्न सक्ने मौसमविदको पूर्वानुमान छ । 

हेलेन आँधीका कारण विद्यालय र पसल बन्द भइसकेका छन् । आँधीका कारण फ्लोरिडामा झन्डै तीन लाख जना मानिस बिजुली विहीन बनेका छन् । फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न सचेत गराएको छ । 

विज्ञले आँधीको गति १ सय ८० किलोमिटर प्रतिघन्टा सम्म हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया