नेपाल बंगलादेश संयुक्त निर्देशक समितिको बैठक असोज १५ गते

काठमाडौं । नेपाल बंगलादेश संयुक्त निर्देशक समितिको बैठक असोज १५ र १६ गते हुने भएको छ । नेपालबाट बंगलादेश जाने विद्युत् सम्झौताको हस्ताक्षरअघि ऊर्जा सचिवस्तरीय बैठक हुने भएको हो ।

दुई दिने बैठकपछि असोज १७ मा हस्ताक्षरको कार्यतालिका तय भएको हो ।  प्रत्येक ६–६ महिनामा बस्ने भनिएको बैठक झन्डै डेढ वर्षपछि बस्न लागेको हो । बंगलादेशले नेपालबाट लैजाने ४० मेगावाट विद्युत् सम्झौतामा हस्ताक्षर गर्ने भएको हो ।

यसअघि नै हस्ताक्षर गर्ने तय भएपनि बंगलादेशमा भएको आन्दोलनका कारण रोकिएको थियो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार हुँदा साउन १३ गते सम्झौता हुने तय थियो ।

पहिलोपटक तेस्रो देश विद्युत् निर्यातका लागि तयार रहेको र यो नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया