दशैँ तिहार लक्षित सुरक्षा योजना सार्वजनिक, ३ हजार ७६५ प्रहरी परिचालन

पाँच मिटनेभित्र प्रहरी घटनास्थल पुगिसक्ने

काठमाडौं । दशैँ तिहारलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना जानकारी गराएको छ । चाडपर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको छ। काठमाडौंको सुरक्षा व्यवस्था चुस्त रहेको कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।

प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा  ‘क्युआरटी’ टिम परिचालन गरेको छ ।

अनुसन्धानका लागि आवश्यक पर्ने सामग्रीसहित ७६ वटा  ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बताएको छ  ।घटनाको सूचना पाउने बित्तिकै सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट निगरानी गरिन्छ ।

यस्तै चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्नेछ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पेट्रोल र १ दिने सर्ट रुट पेट्रोल गरिनेछ ।

सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने भएको छ । साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्इेक दिन गरिने छ ।
यस्तै कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोक सहित १२ वटा टिकट काउन्टरमा पनि प्रहरीको निगरानी टोली परिचालन गरिएको छ । यस्तै भिडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गर्ने भएको छ ।

चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठ, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको छ। 

 काठमाडौं बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा कढा सुरक्षा गरिने बताए । प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको एसएसपी रजौरेको भनाई छ ।

उनका अनुसार बैङ्क तथा वित्तीय संस्थामा लुटपाट हुनसक्ने र पसलमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिने छ ।

 
 

प्रतिक्रिया