देशको आर्थिक, सामाजिक न्यायको सुदृढीकरणमा पर्यटन क्षेत्र महत्त्वपूर्ण छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्रको विकास र आर्थिक सामाजिक न्यायको सुदृढीकरणमा पर्यटन क्षेत्र नेपालका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको अनिवार्य विकास तथा योगदानको विकल्प नरहेको बताएका छन्।
उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्त्वपूर्ण रहेको बताए। उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए।

उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताए। उनले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए।

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि कांग्रे(एमालेको सरकार बनेको बताए। उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताए।

 

प्रतिक्रिया