रास्वपा केन्द्रीय समिति बैठक आइतवार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । आइतबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचनबारे, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुनेछ ।
आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे हुने पार्टीले जानकारी दिएको छ । 

प्रतिक्रिया