काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढ्दो, १५ सय ४० जना सक्रिय संक्रमित

काठमाडौं । दुई साता देखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन् । 

एकै दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० जना आकस्मिक कक्षमा डेंगु संक्रमित पुगेको चिकित्सकले बताएका छन् । कडा लक्षण सहित संंक्रमित उपचारका लागि अस्पताल पुगेका हुन् । संक्रमितमा कडा ज्वरो, जोर्नी दुखाइ, आँखाको गेडी दुख्ने र मांशपेशी दुख्ने समस्याले असह्य हुने समस्या देखिने गरेका छन् । 

वीर अस्पतालमा पनि ३० जना डेंगु संक्रमित भर्ना भएका छन् । टिचिङ अस्पताल महाराजगञ्जमा पनि दैनिक १० जनासम्म भर्ना हुने गरेका छन् । संक्रमित भएका १० जिल्लामध्ये काठमाडौं तेस्रो नम्बरमा देखिएको छ । 

पहिला कास्कीमा १९ सय ३ जना, दोस्रो तनहुुँमा १६ सय ४५ जना र तेस्रो काठमाडौंमा १५ सय ४० जना संक्रमित रहेका छन् । 

प्रतिक्रिया