खराब मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौं । खराब मौसमका कारण शुक्रबार हवाई उडान प्रभावित भएको छ । 

मौसममा आएको खराबीका कारण विमानस्थलबाट हुने उडान प्रभावित भएको हो । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल खुल्ने क्रममा रहेकाले दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने  बताइएको छ । 

प्रतिक्रिया