प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेन बीच भेट

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेट भएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेन बीच भेट भएको हो । 

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओली सँगै प्रथम महिला राधिका शाक्य पनि सहभागी भएकी थिइन् । ओलीले बिहीबार राति महासभालाई सम्बोधन समेत गरेका थिए । 

सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । 

प्रतिक्रिया