माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं । चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । 

मुग्लिङ बाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढ बाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर बिहीबार राति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार घाइते सबै  माइक्रो बसका चालक सहितका यात्रु हुन्। दुर्घटनामा घाइते भएका मध्ये १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ। चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया