राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पछिल्लो राजनीतिक घटनाक्रम बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्दैछ । 

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा चीन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने बताइएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा गत शनिबार राति चीन भ्रमणमा गएका रा.स्व.पा.का १४ जना नेताहरु मध्ये ८ जना बिहीबार स्वदेश फर्किएका छन् भने बाँकी ६ जना शुक्रबार फर्कने छन् । 

प्रतिक्रिया