टेक्ससमा नेपाल र अमेरिका बीच टि ट्वान्टी सिरिज हुने

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिका सँग तीन टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । 

अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसअघि अमेरिका सँग टि ट्वान्टी सिरिज खेल्ने भएको हो । 

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला अक्टोबर १७ देखि अक्टोबर २० सम्म हुनेछ । टि ट्वान्टी सिरिज पछि नेपालले अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु सिरिज खेल्नेछ । युएसए क्रिकेटले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल र अमेरिका बीचको टि ट्वान्टी क्रिकेट सिरिज र लिट टु को त्रिकोणात्मक सिरिजको जानकारी गराएको छ । 

दुवै सिरिजका का लागि युएसए क्रिकेटले टिकट विक्री समेत खुल्ला गरेको छ । टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ । यसैगरी, नेपाल, अमेरिका र स्कटल्याण्ड लिग टु सिरिजको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टोबरमा हुनेछ ।

दोस्रो खेल नेपाल र अमेरिका बीचमा अक्टोबर २७ मा, तेस्रो खेल नेपाल र स्कटल्याण्डबीच अक्टोबर २९ मा र चौथो खेल अमेरिका र स्कटल्याण्डबीच अक्टोबर ३१ मा हुनेछ भने पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ । 

नेपालको राष्ट्रिय क्रिकेट टोली अक्टोबरको दोस्रो साता सम्म अमेरिका पुग्ने बताइएको छ । हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोलीले ओमान र क्यानडा सँगको लिग टु सिरिज खेलेको छ । 

प्रतिक्रिया