अमेरिकी युद्धविरामको प्रस्ताव इजरायल द्वारा अस्वीकार

एजेन्सी । अमेरिका,बेलायत र फ्रान्सलगायत देशले २१ दिने युद्ध विरामका लागि गरेको प्रस्ताव इजरायलले अस्वीकार गरेको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिकहरुलाई ‘पूर्ण क्षमता’का साथ युद्व जारी राख्न निर्देशन दिए सँगै तत्काल युद्व विरामको सम्भावना टरेको हो । यद्यपि, कूटनीतिज्ञहरू सीमामा अस्थायी युद्ध विराम स्थापना गर्न र सम्भावित इजरायली स्थल आक्रमणलाई रोक्न प्रयास गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि इजरायली सेनाले रातभर दक्षिणी लेबनान र बेक्का क्षेत्रमा हिज्बुल्लाह लक्षित करिब ७५ स्थानमा आक्रमण गरेको छ । पछिल्लो आक्रमणमा  २६ जना मारिएका छन् । सोमबार यता ५ सय ५९ जनाको मृत्यु भएको छ । 

अक्टोबर आठदेखि इजरायल र हिज्बुल्लाह बीच दैनिक जसो सीमा वारपार गोलाबारी भइरहेको छ । इजरायलले लामो समयदेखि हिजबुल्लाह र यसको समर्थक इरानलाई आफ्नो मुख्य सुरक्षा चुनौतीका रूपमा लिँदै आएको समाचारमा उल्लेख गरिएको छ । 

इजरायलले उत्तरी क्षेत्रबाट हिजबुल्लाह नहटेसम्म आक्रमण जारी राख्ने चेतावनी दिएको छ । युद्ध भड्किँदै गए पछि सीमावर्ती क्षेत्रका ९० हजार बासिन्दा पलायन भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया