प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङ बीच भेटवार्ता

अमेरिका । प्रधानमन्त्री के.पी. शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्ष फिलेमोन याङ बीच आज भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेका हुन् । 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । । भेटमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत सहभागी थिए । 
रासस

प्रतिक्रिया