मन्त्री राणाद्वारा अल्पविकसित देशहरुको मन्त्रि स्तरीय बैठकको अध्यक्षता

काठमाडौं ।परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत अल्पविकसित देशका विदेश मन्त्रीहरूको वार्षिक बैठकमा अध्यक्षता गरेकी छिन् ।

न्यूयोर्कमा बिहीबार आयोजित उक्त बैठकलाई सम्बोधन गदै परराष्ट्र मन्त्री राणाले अल्पविकसित देशहरूलाई दिगो विकासका लक्ष्य हासिलका लागि अतिरिक्त सहयोगको खाँचो रहेको बताइन् ।

“ती देशहरूले महामारी, भूराजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारणले बहुपक्षीय चुनौतीको सामना गर्न परिरहेको छ,” मन्त्री राणाले सम्बोधनका क्रममा भनिन, “दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्नका लागि हामीले विविध बाधा अवरोधको सामना गर्नु परिरहेको छ ।

”मन्त्री राणाले विश्वसमुदायलाई ग्लोबल ‘कोअर्डिनेशन ब्युरो’को नेतृत्व नेपाललाई दिएको धन्यवाद ज्ञापन गरेकी छिन् । उनिले अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमतालाई वृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी रूपमा पहुँच  पुर्‍याउन  अनुरोध गरिन् ।

मन्त्री राणाले भनिन, “हामीहरू व्यापारसम्बन्धी पूर्वाधारका लागि महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गर्दछौँ । बहुपक्षीय सञ्जालको वृद्धि, ट्रान्जिटको सुधार र व्यापारको लागत कम हुनेगरी काम गर्न अनुरोध गर्दछौँ ।” 

प्रतिक्रिया