सप्तकोशीमा खसेको बसमा सवार सबैको उद्धार

काठमाडौं । सप्तकोशीमा खसेको बसमा सवार सबैको उद्धार गरिएको छ ।  कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बिहीबार बस खसेको  हाे ।
 
बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको र सबैको उद्धार गरिएकाे  सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए । 

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । चालक ३५ वर्षीय चन्दन कुमार मेहतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया