बनस्पति घ्यूको प्रयोगले हृदयघात र मस्तिष्कघातको उच्च जोखिम

काठमाडौं । नेपाली बजारमा पाइने धेरैजसो बनस्पति (डाल्डा) घ्यू तथा तेल स्वास्थ्यका लागि निकै हानिकारक रहेको चिकित्सकहरुले बताएका छन् । 

दशै, तिहार लगायत अन्य चाडपर्व मात्रै नभइ,विबाह ब्रतबन्ध लगायतका भोज भतेरमा पनि बिभिन्न परिकार बनाउन  बनस्पति घ्यूको प्रयोग बढ्दै गएको छ ।  तर यो घ्यू शरीरका लागि मन्द बिष बनेको छ । डाल्डा घ्यूका पाइने ट्रान्स फ्याट (खतरनाक चिल्लो पदार्थ)कारण मुटुमा गम्भीर समस्या ल्याउने मात्र नभइ टाउको दुख्ने,शरीरका जोर्नी दुख्ने,पेटको समस्या जस्ता रोगहरु निम्त्याउने चिकित्सकहरुको भनाई छ ।

वनस्पति अर्थात डाल्डा घ्यू रक्तनली,मिर्गौला र मस्तिष्कमा गम्भीर समस्या निम्त्याउने कारक तत्व बन्न सक्छ । यो घ्यूको सेवनले क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्ने स्वास्थ्य बिज्ञहरु बताउँछन् । 
अझै बनस्पति घ्यूले आमाको गर्भमा हुर्कदै गरेको बच्चामा समेत कुनै न कुनै रोगको संक्रमण देखिन्छ । ४० बर्षपछि देखिने हृदय घात १८—२० बर्षकै उमेरमा देखिन थाल्छ । बिभिन्न परिकार बनाउँदा बनस्पति घ्यूको प्रयोगले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर समस्या देखिन थालेको चिकित्सक बताउँछन् ।

मानिसको शरिर स्वस्थ,हृष्टपुष्ट देखिएपनि भित्रभित्रै खोक्रो बन्नुको कारण मध्येको कारणमध्ये एउटा कारण  वनस्पति घ्यू हो । त्यसमा पनि नेपालमा पाइने  यस्ता घिउमा औद्योगिक ट्रान्स फ्याटको (खराव चिल्लो पदार्थ) मात्रा अत्याधिक रहेको चिकित्सको भनाइ छ । यही घ्यूमा पकाएको सेलपुरी,जेरी लगायतका मिठाइ त परै जाउन,कुनै पनि पार्टीमा खाइने पुलाउ पनि मन्द विष बन्छ । चिकित्सकहरुका अनुसार शरीरमा विषको सञ्चय बढ्दै जाँदा मुटु बिग्रिन्छ । मृगौला ध्वस्त हुन्छ । पेटमा ग्यास्ट्रिक मात्रै भरिन्न क्यान्सरै पनि हुनुसक्छ ।

बजारमा पाइने यस्ता वनस्पति घ्यूमा हुने मन्द विषका तत्वहरु के कति छन् कुनै तत्थ्याङ्क पाइन्न । ठूल्ठूला अक्षरमा गुणस्तर चिन्ह प्राप्त भनेर लेखिएका बजारमा छ्यास–छ्यासी घ्यू भेटिदा पनि सरकारी निकाय मौन छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाड पर्व शुरु भएपछि मात्रै बजार अनुगमन गर्ने गरेको छ । उसले नियमित अनुगमन गर्नुपर्यो अनि बजारमा बिक्रीमा राखिएका यस्ता स्वास्थ्यका लागि हानिकारक मानिने घ्यूको परीक्षण गर्नुपरयो । झारा टार्ने जस्तो एकपटक मात्रै परीक्षण गर्दा ब्यापारीको बदमासी कसरी थाहा पाउने ? 

नागरिकको स्वास्थ्यलाई ध्यानका राखेर राज्यले काम गर्नुपर्ने हो । तर बिचौलिया र ब्यापारीको चंगुलमा राज्य निरिह बन्नु गम्भीर कुरा हो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व बैंकको तथ्यांकलाई हेर्ने हो भने डाल्डाले विशेषतः हृदयघात र मस्तिष्कघात हुने उच्च जोखिम  हुन्छ । त्यसैले ट्रान्स फ्याट मुटु र रक्तनलीहरुका लागि अत्यन्तै हानिकारक छ । यसले मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा स्तनको क्यान्सरको जोखिम बढाउँने मुटुरोग बिशेषज्ञहरु बताउँछन् । 
 
 

प्रतिक्रिया