कांग्रेस र एमालेको गठबन्धन धेरै टिक्दैन, कुहिएर झर्छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने बताएका छन् ।बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यो गठबन्धन धेरै नटिक्ने बताएका हुन्।
“कांग्रेस र एमाले मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्र कुहिएर झर्छ । त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ,” उनले भने ।
अगाडि उनले भने, “हामीले त कांग्रेस(एमालेलाई धन्यवाद भनेका छौँ । किनभने उनीहरूले हामीलाई जनताकहाँ फर्काइदिए । तर, उनीहरूबीच के हो के हो जस्तो भा’छ ।”

प्रतिक्रिया